{"product_id":"shankar-lamichhane-book-shankar-lamichhane-9789937931281","title":"Shankar Lamichhane (शङ्कर लामिछाने)","description":"\u003cp\u003eनेपाली निबन्धमालाका एक होलोग्राम हुन् शङ्कर लामिछाने । निबन्ध लेखनमा 'चेतनप्रवाह शैली को शुरुवात गर्दै 'नन-फिक्सन'लाई नेपाली साहित्यमा स्थापित गराएका लामिछानेले बौद्ध दर्शन र शून्यवादनिकटको विसङ्गतिवादलाई अङ्गालेर लेखेका निबन्ध सधै स्तुत्य रहे । वैज्ञानिक आविष्कार र अनुसन्धानको प्रभाव, युगीन चेतना, सामयिकी अनि सामाजिक- सांस्कृतिक-साहित्यिक विम्बमा उच्च बौद्धिकतासहितको व्यङ्ग्य उनको लेखनका पदचिह्न हुन् । 'नजन्मेको छोरालाई जस्तो भविष्यवेत्ता कवितासमेत रचना गरेका उनले हिन्दी र अङ्ग्रेजी भाषामा पनि कलम चलाएका थिए । उनका अमूल्य कृतिहरू एब्स्ट्रयाक्ट चिन्तन प्याज (निबन्धसङ्ग्रह) गोधूलि संसार (निबन्धसङ्ग्रह), गौंथलीको गुँड (कथासङ्ग्रह) र विम्ब-प्रतिविम्ब (व्यक्तिपरक पोट्रेट) को सङ्गालो हो- यो पुस्तक ।\u003c\/p\u003e\u003cp\u003e\u003c\/p\u003e\u003cp\u003eजति लेखिने साहित्य हुन्- ती आधुनिक र जति लेखिसकिएका छन्- ती प्राचीन । जति नपढिएका हुन् ती आधुनिक र जति पढिएका हुन्- ती प्राचीन । तर पनि प्रत्येक कृतिमा समयले आफ्नो पन्जाछाप छाडेकै हुन्छ । जस्तै अत्याधुनिक भनेर हामीले दाबा गरे पनि ती रचना गरिएका कालभन्दा बढी नवीन हुन सक्दैनन् । शैलीले जबसम्म सामयिक बौद्धिकतालाई उत्प्रेरित गर्न सक्दैन, तबसम्म यस्ता कृति पढिदा पनि पढिदैनन् ।\u003c\/p\u003e\u003cp\u003e- शङ्कर लामिछाने\u003c\/p\u003e","brand":"WoB","offers":[{"title":"GB \/ VERY_GOOD \/ INTERNAL","offer_id":49512144306449,"sku":"GOR013085108","price":10.0,"currency_code":"USD","in_stock":false},{"title":"GB \/ NEW \/ INGRAM","offer_id":52672526549265,"sku":"NLS9789937931281","price":26.59,"currency_code":"USD","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0784\/4072\/6801\/files\/9937931282.jpg?v=1751191751","url":"https:\/\/www.worldofbooks.com\/products\/shankar-lamichhane-book-shankar-lamichhane-9789937931281","provider":"World of Books ","version":"1.0","type":"link"}