Shankar Lamichhane (शङ्कर लामिछाने)
World of Books
The feel-good place to buy books

Shankar Lamichhane (शङ्कर लामिछाने) by Shankar Lamichhane
नेपाली निबन्धमालाका एक होलोग्राम हुन् शङ्कर लामिछाने । निबन्ध लेखनमा 'चेतनप्रवाह शैली को शुरुवात गर्दै 'नन-फिक्सन'लाई नेपाली साहित्यमा स्थापित गराएका लामिछानेले बौद्ध दर्शन र शून्यवादनिकटको विसङ्गतिवादलाई अङ्गालेर लेखेका निबन्ध सधै स्तुत्य रहे । वैज्ञानिक आविष्कार र अनुसन्धानको प्रभाव, युगीन चेतना, सामयिकी अनि सामाजिक- सांस्कृतिक-साहित्यिक विम्बमा उच्च बौद्धिकतासहितको व्यङ्ग्य उनको लेखनका पदचिह्न हुन् । 'नजन्मेको छोरालाई जस्तो भविष्यवेत्ता कवितासमेत रचना गरेका उनले हिन्दी र अङ्ग्रेजी भाषामा पनि कलम चलाएका थिए । उनका अमूल्य कृतिहरू एब्स्ट्रयाक्ट चिन्तन प्याज (निबन्धसङ्ग्रह) गोधूलि संसार (निबन्धसङ्ग्रह), गौंथलीको गुँड (कथासङ्ग्रह) र विम्ब-प्रतिविम्ब (व्यक्तिपरक पोट्रेट) को सङ्गालो हो- यो पुस्तक ।
जति लेखिने साहित्य हुन्- ती आधुनिक र जति लेखिसकिएका छन्- ती प्राचीन । जति नपढिएका हुन् ती आधुनिक र जति पढिएका हुन्- ती प्राचीन । तर पनि प्रत्येक कृतिमा समयले आफ्नो पन्जाछाप छाडेकै हुन्छ । जस्तै अत्याधुनिक भनेर हामीले दाबा गरे पनि ती रचना गरिएका कालभन्दा बढी नवीन हुन सक्दैनन् । शैलीले जबसम्म सामयिक बौद्धिकतालाई उत्प्रेरित गर्न सक्दैन, तबसम्म यस्ता कृति पढिदा पनि पढिदैनन् ।
- शङ्कर लामिछाने
| SKU | Unavailable |
| ISBN 13 | 9789937931281 |
| ISBN 10 | 9937931282 |
| Title | Shankar Lamichhane (शङ्कर लामिछाने) |
| Author | Shankar Lamichhane |
| Condition | Unavailable |
| Binding Type | Paperback |
| Publisher | Book Hill |
| Year published | 2018-01-01 |
| Cover note | Book picture is for illustrative purposes only, actual binding, cover or edition may vary. |
| Note | Unavailable |